आमिर खानको जन्मदिनः यस्ताे छ उनकाे जिवन कहानी

काठमाडौं । वलिउड अभिनेता आमिर खानले आज ५८ औं जन्मदिन मनाइरहेका छन् । आज उनको फिल्मी करियरको पनि ५० वर्ष पुगेको छ । आमिरको अभिनय यात्रा ८ वर्षको उमेरमा फिल्म ‘यादों की बारात’बाट सुरु भएको थियो र आजसम्म जारी छ। ‘कयामत से कयामत तक’देखि ‘लाल सिंह चड्ढा’सम्म आमिरले ५० वटा फिल्म गरेका छन् । उनको जीवन निकै रोचक रह्यो ।
आमिर खानको जन्म १४ मार्च १९६५ मा निर्माता ताहिर हुसैनको घरमा भएको थियो । उनको पूरा नाम मोहम्मद अमिर हुसैन खान हो। आमिरका अंकल नासिर हुसेन चार दाजुभाइमध्ये जेठा र , आफ्नो समयका प्रसिद्ध फिल्म निर्माता पनि थिए। आमिरका पिताका भने धेरै फिल्म फ्लप भएका थिए जसका कारण उनको परिवारले आर्थिक संकटको सामना गर्नुपरेको थियो ।
ताहिर दिवालियाकाे एक समय यस्ताे आयो की ४० वर्षको उमेरमा उनी जागिर खोज्न घरमा आफ्नो स्नातक डिग्री खोज्न थाले। ऋण लिनेहरू दिनहुँ घरमा पैसा माग्न फोनहरू आउँथे। आमिरको बाल्यकाल शुल्क नतिरेको कारण विद्यालयबाट निकालिने डरले बित्यो ।
आमिर खान स्कुल पढ्दा टेनिस खेल्थे । उनी खेल्ने क्लबमा एउटी केटीसँग एकतर्फी प्रेम बस्याे। एक दिन अचानक ती केटी विदेश गएकाे थाहा पाएपछि आमिर नराम्ररी टुटेका थिए । उनकाे याे पहिलाे प्रेम थियाे । आमिर आफैंले लाल सिंह चड्ढाको गीत सार्वजनिक गर्ने क्रममा यो कथा लाइभ गरेका थिए ।
किशोरावस्थाका आमिरले त्यतिबेला भर्खरै सुरु भएकाे फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया मा सामेल हुने इच्छा व्यक्त गरे। उनका बुबाले अनुमति दिएनन्, उनी आमिरले पढाइमा ध्यान दिआेस भन्ने चाहान्थे।
१६ वर्षको उमेरमा आमिर आफ्ना साथी आदित्य भट्टाचार्यको मौन फिल्म परनियामा सहायक निर्देशक बनेका थिए। श्रीराम लागूले उनलाई यो फिल्मका लागि केही हजार रुपैयाँ दिएका थिए, तर बाबुको डरले गोप्य रूपमा सुटिङमा जानुपरेको थियो । फिल्मको सुटिङका क्रममा आमिरले नायक बन्ने निर्णय गरे ।
एक वर्ष थिएटरमा अभिनय सिकेपछि आमिरले आफ्ना अंकल नासिर हुसैनलाई सहयोग गर्न थाले।
यो सन् १९८३ को कुरा हो आमिर एक केटीलाइ मन पराउन थालेका थिए । उनले प्रेम प्रश्ताव पनि राखे तर ती केटीले अस्वीकार गरिन् । पहिल्यै एक केटी गुमाएका उनले आफ्नाे दाेस्राे प्रेम पनि नपाएपछि नराम्ररी टुटे । उनले टाउको सम्म खौरिए । यो कुरा आमिर आफैले सिमी गरवालको च्याट शोमा सुनाएका थिए ।
उनकाे पहिलाे फिल्म ‘हाेली’ले दर्शकको मन जित्न सकेन । राउडी कलेज स्टुडेन्टको भूमिकामा निभाएका आमिरको अभिनयलाई रुचाइएको थियो तर आफ्नो दुबला शरीरका कारण उनले नकारात्मक प्रतिक्रिया पाएका थिए ।
आमिरले १८ अप्रिल १९८६ मा आफ्नी बाल्यकालकी साथी रीना दत्तसँग विवाह गरे । उनले आफ्नाे विवाहलाई वर्षौंसम्म गोप्य राखे। सुरुमा आमिरका परिवारका सदस्यलाई पनि थाहा थिएन ।
त्यस्पछि ‘जब कयामत से कयामत तक’बाट उनले डेब्यू गरे । फिल्ममा उनीसँगै जुही चावला मुख्य भूमिकामा थिइन् । फिल्मको बजेट यति कम थियो कि प्रमोशनका लागि आमिर आफैं सडकमा घुम्ने र पोस्टर टाँस्ने गर्थे । ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा आमिरले यो फिल्मका लागि महिनामा एक हजार रुपैयाँ लिने गरेको बताए । फिल्ममा उनकी पत्नि रीनाले पनि सानो भूमिका निर्वाह गरेकी थिइन् । यसबाहेक उनी फिल्मकी निर्माता पनि थिइन् ।
चलचित्र ठूलो हिट साबित भयो। फिल्मले ७ फिल्मफेयर अवार्ड जित्यो, जसमा आमिरले बेस्ट मेल डेब्यु अवार्ड पाए।
८० को दशकमा हिन्दी सिनेमामा अधिकांश फिल्महरू फ्लप भएका थिए। यसैबीच, आमिरको ‘कयामत से कयामत तक’मा युवा जोडीको रोमान्सले हिन्दी सिनेमामा रोमान्टिक म्युजिकल ड्रामा फिल्मको चलन सुरु भयो। त्यसपछि मैने प्यार किया, हम आपके है कौन, दिलवाले दुल्हनिया ले जायेंगे’ जस्ता हिट फिल्म आए ।
सन् १९९० मा आमिर खानले अव्वल नम्बर, तुम मेरे हो, दीवाना मुझसा नही, ‘जवानी जिन्दाबाद’ र ‘दिल’मा पाँचवटा फिल्ममा अभिनय गरे। दिल सन् १९९० को सबैभन्दा धेरै कमाउने फिल्म साबित भयाे भने अन्य ४ फिल्म नराम्ररी फ्लप भए ।
लगातार फ्लप दिएपछि आमिरले जो जीता वही सिकन्दर, हम हैं राही प्यार के, रंगीला, राजा हिन्दुस्तानी, इश्क, सरफरोश जस्ता धेरै हिट फिल्म दिए त्यसपछि कहिल्यै फर्केर हेरेनन्।
आमिरको करियरमा ‘अंदाज अपना अपना’ जस्तो फिल्म पनि छ, जुन रिलिजपछि घाटामा थियो तर पछि कल्ट क्लासिकको दर्जा पायो।
‘गुलाम’ फिल्मको लागि ट्रेनको अगाडि दौडको दृश्यको सुटिङका क्रममा आमिरको झण्डै मृत्यु भएको थियो । उनी झण्डा बोकेर ट्र्याकमा आउँदै गरेको ट्रेनतर्फ दौडनुपरेको थियो । ट्रेन नजिक आउँदा निर्माताले आमिरलाई ट्र्याकबाट ओर्लन भने तर आमिर दौडिए । ट्रेन यति नजिक आइपुगेको थियो कि सेटमा रहेका मानिसहरू डराइसकेका थिए।
त्यस्पछिकाे फिल्म ‘राजा हिन्दुस्तानी’मा आमिरले करिश्मा कपूरसँग १ मिनेटको किसिङ सीन दिएका थिए । त्यो समयको सबैभन्दा लामो किसिङ दृश्य थियो। पारिवारिक फिल्ममा यति लामो किसिङ दृश्य देखेर सबै छक्क परेका थिए । निर्मातालाई निकै आलोचनाको सामना गर्नुपरेको थियो ।
फिल्म ‘लगान’को सुटिङका क्रममा आमिरको भेट फिल्मका सहायक निर्देशक किरण रावसँग भएको थियो । सुटिङका क्रममा किरण र आमिरको निकटता बढ्यो र अर्को वर्ष आमिरले आफ्नी पहिलो पत्नी रीनासँग सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदपछि रीनाले दुवै सन्तान ऐरा र जुनैदको जिम्मा पाएकी थिइन् ।
तीन वर्षसम्म सम्बन्धमा रहेपछि आमिरले सन् २००५ मा किरणसँग विवाह गरे । यस विवाहबाट दुबैको एक छोरा आजाद छन्, जसको जन्म सरोगेसी मार्फत भएको थियो। १५ वर्षपछि आमिरले २०२१ मा किरणसँग सम्बन्धविच्छेद पनि गरे ।
सन् २००१ को ‘दिल चाहता है’ पछि आमिर खानले फिल्मबाट ४ वर्षको ब्रेक लिए । ४ वर्षपछि आमिर मंगल पाण्डेः द राइजिङ फिल्मबाट फर्किए । त्यसपछि उनले रंग दे बसन्ती, फना जस्ता सुपरहिट फिल्म दिए । आमिरले २००७ को ‘तारे जमीं पर’ बाट आफ्नो निर्देशनको सुरुवात गरे, जसको लागि उनले सर्वश्रेष्ठ निर्देशकको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे।
सन् २०१२ मा रिलिज भएको आमिरको ‘धूम ३’ ले तीन दिनमा विश्वभर २०० करोडको कलेक्सन गर्याे । फिल्मले अल टाइम ५५२ करोडकाे व्यापार गरेकाे थियो । ११ वर्षपछि पनि यो भारतको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा १० नम्बरमा छ ।
त्यसपछि अाएकाे ‘पीके’ सुटिङका क्रममा आमिरले १०० वटा पान खानुपरेको थियो, जबकि उनले क्यामेराबाट बाहिर कहिले पनि खाँदैनन् ।
‘दंगल’मा महावीर सिंह फोगाटको भूमिका निर्वाह गर्न आमिरले २७ किलो तौल लगाएका थिए । यस्तो अवस्थामा उनको तौल ९७ किलो पुगेको थियो ।
सन् २०१२ मा आएको फिल्म तलाशमा पानीमुनिको दृश्य शूटका लागि स्वीमिङ सिक्न उनले ३ महिना लगाएका थिए ।
आमिरकाे पछिल्लाे फिल्म ‘लाल सिंह चड्ढा’को भूमिका निभाउन दाह्री बढाए। यससँगै उनले २० केजी तौल पनि बढाएका थिए ।
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया