भर्खरै विवाह गरेकी सुरक्षा पन्तले भनिन्- सम्बन्ध मजबुत बनाउने कुरामा फेल छु

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त हालै विवाह बन्धनमा बाँधिएकी छन् । प्रेमी मानव सुवेदीसँग सात वर्षदेखि सम्बन्धमा बसेकी सुरक्षा पन्तले यसैसाता चितवनस्थित मामाघरमा उनीसगँ विवाह गरिन् ।
विवाह लगत्तै अभिनेत्री पन्त टेलिभिजन रियालिटी द शो ‘पोएट आइडल’को छायांकन गर्न काठमाडौं आएकी छन् । यसैबीच एक युट्युव मिडियासँगको कुराकानीमा उनले आफ्नो वैवाहिक जिवनको अनुभव सुनाएकी छन् ।
पति मानवसँगको प्रेम सम्बन्ध कसरी सुरु भयो भन्ने प्रश्नमा अभिनेत्री पन्तले भनिन्, उहाँ गायक हो, पहिलो पल्ट टिभिमा आइरहेको गितमा उहाँलाई देखँे । गित साह्रै मन पर्यो र ‘सो नाईस सङ’ भनेर म्यासेज पठाएँ । त्यसपछि कुरा हुँदै जादाँ हामी बीच निकटता बढ्यो ।’ उनले भनिन्, हामी बीच राम्रो समझदारी हुन थाल्यो एकअर्कालाइ काममा पनि सर सल्लाह दिन्थ्याैं।’
चाँडै सम्बन्ध बिग्रने बिच्छेद हुने विषयमा सुरक्षाले भनिन्, ‘सम्बन्ध बिच्छेदहुने कुरा दुबैको समझदारीको कुरा हो, उनीहरु गोप्य राख्न चाहान्छन् भने हामीले प्रश्न गर्न मिल्दैन ।’
सम्बन्ध मजबुत बनाउने कुरामा सुरक्षाले भनिन्, ‘यो कुरामा म पनि फेल खाइरहेकी छु । योे गरम त्यो गरम भन्दा भन्दै कति कुरा मिल्दैन सम्बन्धमा । तर, धैर्यता हुनुपर्यो एकअर्कालाई सुन्न सक्नु पर्छ । जज गर्नु हुँदैन मुख्य त स्वतन्त्र रुपमा आफ्नो प्यासन फलो गर्न दिनुपर्छ ।’
उनले थपिन्, हामी पुरुष होस या महिला दुबैजना एउटा क्षमता र प्यासनलाई लिएर लिएर अगाडि बढ्छौं र यो कुरा समाजले स्वीकारिदियो भने त्यसैले सम्बन्ध बलियो बनाउछ । सबै ठाउँमा प्रेमले काम नगर्न सक्ला धैर्यता र सम्मान चाही हुनुपर्छ सम्बन्ध जोगाउनका लागि, उनले भनिन् ।
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया