२३ दिनमा ‘छक्का पञ्जा-४’काे कमाइ कति ?

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’ ले रिलिजको २३ दिन पार गरिसकेको छ । फिल्मले २३ दिन पार गरिसक्दा पनि हलमा दर्शकको राम्रो साथ पाइरहेको छ ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ। चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
गत फागुन १९ गते रिलिज भएको फिल्मले पहिलो दिन एक करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको थियो । फिल्मले सुरुवातको पहिलो हप्तामा लगभग आठ करोडको ग्रस केक्सन गरेको खबर सार्वजनिक भएको थियो ।
त्यस्तै, दुइ हप्ता पार गरुन्जेल सम्म चलचित्रले १३ करोड हाराहारिमा ग्रस कलेक्स गरेको थियो । राजनीतिक विषयवस्तुमा आधारित यो फिल्मले तेस्रो हप्ता सम्ममा १५ करोड हाराहारीको कलेक्सन गरेको वितरक टिमले जनाएको छ ।
‘छक्का पञ्जा ४’ नेपालको सर्वाधिक कमाउने फिल्मको लिस्टमा समावेस भइसकेको छ । अब यसको लाइफटाइम कलेक्सन हेर्न बाकीँ नै छ ।
यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले २२ करोड हाराहारीमा ग्रस केक्सन गरेको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्मकाे पहिलाे नम्बरमा रहेकाे छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया