आइतबार, मंसिर ७, २०८२

२३ दिनमा ‘छक्का पञ्जा-४’काे कमाइ कति ?

मेरोन्यूज २०७९ चैत १२ गते १३:४७

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’ ले रिलिजको २३ दिन पार गरिसकेको छ । फिल्मले २३ दिन पार गरिसक्दा पनि हलमा दर्शकको राम्रो साथ पाइरहेको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ। चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

गत फागुन १९ गते रिलिज भएको फिल्मले पहिलो दिन एक करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको थियो । फिल्मले सुरुवातको पहिलो हप्तामा लगभग आठ करोडको ग्रस केक्सन गरेको खबर सार्वजनिक भएको थियो ।

त्यस्तै, दुइ हप्ता पार गरुन्जेल सम्म चलचित्रले १३ करोड हाराहारिमा ग्रस कलेक्स गरेको थियो । राजनीतिक विषयवस्तुमा आधारित यो फिल्मले तेस्रो हप्ता सम्ममा १५ करोड हाराहारीको कलेक्सन गरेको वितरक टिमले जनाएको छ ।

‘छक्का पञ्जा ४’ नेपालको सर्वाधिक कमाउने फिल्मको लिस्टमा समावेस भइसकेको छ । अब यसको लाइफटाइम कलेक्सन हेर्न बाकीँ नै छ ।

यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले २२ करोड हाराहारीमा ग्रस केक्सन गरेको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्मकाे पहिलाे नम्बरमा रहेकाे छ ।

प्रतिक्रिया