अजय देवगनले भने- ‘आरआरआर’ले मेराे कारण ओस्कार पायो
मेरोन्यूज
२०७९ चैत १३ गते १५:२१

वलिउड अभिनेता अजय देवगन आफ्नो आगामी फिल्म ‘भोला’ को प्रमोशनका लागि ‘द कपिल शर्मा शो’ पुगेका थिए। यसैबीच कमेडियन कपिल शर्माले उनीसँगको कुराकानीको प्रोमो क्लिप सेयर गरेका छन्।
उक्त क्लिपमा कपिलले अजयलाई ‘नाटु–नाटु’ले ओस्कर जितेकोमा बधाई दिएका छन्। अजय देवगनले फिल्म ‘आरआरआर’ को फ्ल्यासब्याक सिक्वेन्समा अभिनय गरेका थिए । तर, यो बधाईमा अजयले हास्यास्पद जवाफ दिएका छन् । अजय देवगनले आफ्नाे कारणले ‘नाटु-नाटु’ गितले ओस्कार जितेको बताएका छन् ।
यसमा कपिलले कारण साेधेका थिए । जवाफमा अजयले भने, ‘ यदी मैले डान्स गरेकाे भए !’ वास्तवमा, उनी आफ्नो खराब डान्सर भएको तर्फ औंल्याउँदै थिए। फ्यानले उनको याे जोक निकै मनपराए ।
अजय र तब्बुको फिल्म ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ ।
सम्बन्धित
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया