सोमबार, चैत ३०, २०८२

छायांकनमा ‘नांगो गाउँ’ : रोमान्टिक मुडमा देखिए कार्म र साम्राज्ञी

मेरोन्यूज २०७९ चैत १४ गते १६:११

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’ को छायांकन सुरू भएको छ। काभ्रेको बेथानचोक गाउँपालिकाबाट फिल्मको छायांकन सुरू गरिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

छायांकनमा कलाकारहरू दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन्।

निर्माण टिमद्वारा सार्वजनिक तस्बिरमा अभिनेता कार्म र साम्राज्ञी एकअर्कासँग रोमान्टिक देखिएका छन्। फिल्ममा दयाहाङ, साम्राज्ञी, कार्म, शिशिरसँगै मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहनेछ। फिल्मलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्।

मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माको लगानी छ।

प्रतिक्रिया