विवाह गर्दै अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढा

काठमाडौं । भारतिय अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढाबीच प्रेम चर्चा चुलिदै गएको छ । हालै मुम्बईको एक रेस्टुरेन्टमा एकसाथ भेटिएपछि उनीहरूबीच प्रेम रहेका खबर व्यापकरूपमा बाहिरिन थालेका हुन् ।
डिनरका लागि निस्किएका उनीहरूकाे पहिरनपनि एकै किसिमकाे थियाे । उनीहरूकाे पारिवारिक स्राेतले पनि विवाहबारे सल्लाह भइरहेकाे बताएकाे छ । तर, उनीहरुले आफ्नो सम्बन्धलाई अहिलेसम्म आधिकारिक रुपमा स्वीकारेका छैनन् ।
यसैबीच आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले दुवैको फोटो शेयर गरेर उनीहरुको सम्बन्धको पुष्टि गरेका छन् ।
मंगलबार सांसद सञ्जीवले राघव र परिणितीको तस्बिर ट्विटरमा सेयर गर्दै उनीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्। साथै, उनीहरुको साथ, प्रेम र आनन्दले भरिएको आशा व्यक्त गरेका छन् ।
उनको याे पोस्ट सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा बधाइ दिनेको आइरो लागको छ । कतिपयले विवाह कहिले भन्दै प्रश्न समेत गरेका छन् ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया