चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे बोर्डले एक सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ । जसमा सहभागिका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी वि।सं। २०८० बैशाख १० गतेसम्ममा दरखास्त सहित चलचित्र बोर्डको कार्यालयमा अथवा इमेल पेश गर्नुपर्नेछ । प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी घोषणा गरिनेछ । प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश रु। एक लाख पचास हजार, रु। एक लाख र रु। पचहत्तर हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैर व्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।
प्रतियोगितामा सहभागी हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।


















शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया