कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।
गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । “डा भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ”, न्यौपानेले भने ।
पछिल्लो समय डा. भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । डा. भण्डारीलाई दैनिक तीन–चार पटक हिँडाउने गरिएको छ ।
आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया