ट्विटरमा पुरानै लागाे फर्कियाे, ‘डगि’ हटाएर पुनः चरा

काठमाडाैं । विश्वका धनाड्य मध्यका एक एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो फेरि परिवर्तन गरेका छन् । तीन दिनअघि उनले नीलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो बनाएका थिए । यद्यपि, यो परिवर्तन वेब संस्करणमा मात्र गरिएको थियो, एपमा भने थिएन । अब पुनः ट्विटरमा नीलो बर्ड लोगो ल्याइएको छ। यो लोगो वेब र एप दुवैमा देखिने छ। लोगोमा परिवर्तन पछि, क्रिप्टोकरेन्सी डजकोइनमा गिरावट आएको छ।
ट्विटरको लोगो परिवर्तन हुनासाथ प्रयोगकर्ताहरू छक्क परेका थिए। कयौंले यसलाई अप्रिल फूलको मजाक हो भन्ने पनि सोचे। केहिले ट्विटर ह्याक भएकाे अनुमान गरे। तर केही समय पछि, एलोन मस्कले एक ट्वीट गरे, जसले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट गर्यो।
लोगो बदलेपछि मस्कले एक पुरानो स्क्रिनसट साझा गरेका थिए जसमा एक प्रयोगकर्ताले कमेन्ट थियाे, ‘मस्कले ट्विटर किन्नु पर्छ र लोगोलाई डगिमा परिवर्तन गर्नुपर्छ।’ यसकाे स्क्रिनसट सेयर गर्दै मस्कले भने, ‘वाचा अनुसार कम्पनीको लोगो परिवर्तन गरेको छ ।’
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया