भुवन केसीप्रति दीपकराजको आक्रोशः यो अध्यक्ष आएपछि लफडै लफडा
मेरोन्यूज
२०७९ चैत २९ गते ११:१४

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक फेसबुकमा स्ट्याटस लेख्दै कलाकार गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखी चलचित्र क्षेत्रमा लफडै लफडा भइरहेको आरोप लगाएका हुन् ।
उनले भुवनले ‘छक्का पञ्जा ४’ को कमाईबारे गलत रिपोर्ट सार्वजनिक गरेको बताएका छन् । ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ दीपकराजले लेखेका छन् ।
बोर्डका अध्यक्ष केसी बारम्बार विवादमा पर्दै आएका छन्। उनको कार्यशैलीप्रति कतिपय कलाकारले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया