वर्ल्ड लिंकले गर्यो पब्जीसँग सम्झौता, गेमरलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने

काठमाडौं । चर्चित मोबाइल गेम पब्जीले वर्ल्ड लिंकसँग सम्झौता गरेको छ । वर्ल्ड लिंकले गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य गरेको हो । विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइल र नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा छ, गेम खेल्नेहरुको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’ वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, ‘यो सहकार्य त्यसकै लागि हो ।’
उनका अनुसार अब यो गेम खेल्दा गेमरले उच्च गतिको इन्टरनेट सुविधा पाउनेछन् । गेमरले अहिले पाइरहेको इन्टरनेट स्पिडलाई बढाउने गरी दुई कम्पनीले समझदारी गरेका हुन् । दुई कम्पनीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा व्याख्या गरेका छन् । यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने उनीको दाबी छ ।
‘अब थुप्रै विशेषता एवम् सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवम् गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ, जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ सीईओ नेपालले भने, ‘यो वृहत् भविष्यतर्फको पहिलो कदम हो, जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ ।’
टेनटेक साउथ एसिया पब्लिसिङले पनि इकोसिस्टम परिवर्तनसँगै मोबाइल गेमिङको लागि नेपाल प्रमुख क्षेत्र बनेको बताएको छ । उसका अनुसार पब्जी खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काइलाइट्न गेमिङ र टीटूकेजस्ताले गरेको प्रदर्शनले नेपालमा पब्जीको प्रवर्द्धनको सम्भाव्यता देखाएको छ ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया