नयाँ आविष्कार गर्ने कुरा होइन, नीति तथा कार्यक्रमले देशको आवश्यकता सम्बोधन गर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा पत्रकारसँग मुलुकको आवश्यक्ताअनुसारको नीति तथा कार्यक्रम आएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान दिनरात सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लाग्ने उनको भनाइ थियो ।
‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन, मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरू सरकारको नीति तथा कार्यक्रममा आएका छन्, मैले फेरि पनि भनेँः कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्यो,’ मन्त्री महतले भने, ‘इमान्दार हुनु पर्यो, रातदिन काम गर्नु पर्यो, त्यो काममा हामी लाग्छौँ, त्यसो भएपछि परिणाम आउन थाल्दछ, गर्ने कुरा यिनै हुन्, गरिएको कुरा पूरा गर्नु पर्यो, गर्छौं ।’
मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यस रुपमा बुझुन नहुने बताए ।
















इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया