३२ वर्षपछि अमिताभ र रजनीकान्त सहकार्य गर्दै
मेरोन्यूज
२०८० जेठ २७ गते १५:०६

काठमाडौँ । अभिनेता अमिताभ बच्चन र रजनीकान्त हिन्दी र साउथ फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्ने भएका छन् ।
रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् । तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिने छन् ।
यो रजनीकान्तको करियरको १७० औँ फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहने छ । फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् ।
अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया