३२ वर्षपछि अमिताभ र रजनीकान्त सहकार्य गर्दै
मेरोन्यूज
२०८० जेठ २७ गते १५:०६

काठमाडौँ । अभिनेता अमिताभ बच्चन र रजनीकान्त हिन्दी र साउथ फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्ने भएका छन् ।
रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् । तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिने छन् ।
यो रजनीकान्तको करियरको १७० औँ फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहने छ । फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् ।
अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया