आइतबार, चैत २२, २०८२

आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० असार ३ गते ११:२१

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया