मंगलबार, चैत २४, २०८२

सनराइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान

मेरोन्यूज २०८० असार ८ गते १७:४१

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

रोटरी क्लब, वीरगंजमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री अपछ कुमार यादबले ऋक्च् प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक (Program Coordinator) डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरे ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो ।

कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

सनराराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया