मंगलबार, चैत २४, २०८२

सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० असार १० गते ११:३१

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया