बजेटको अभावमा सेनाले जिम्मेवारी पाएको सडकको काम समयमै सकिएन : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममाखड्काले त्यस्तो स्पष्टिकरण दिएका हुन् । उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरे । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाई थियो ।
उनले सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताए ।
उपप्रधानमन्त्री खडकाले भने, ‘सेनाले जिम्मा लिएका सडकहरुको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ । कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सिमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदाचाहँदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका पनि छन । अव जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ । । र, त्यहाँ सडक विभाग अन्तरगत पनि काम भईरहेको अवस्था छ । हुम्ला सदरमुकाम पुग्ने सन्दर्भमा सेनाको तर्फबाट लिइएको जुन जिम्मेवारी छ । त्यसलाई तोकिएकै समयमा पूरा गर्ने कुरा म सम्माननीय सभामुखमार्फत माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सेनालाई घटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ । सोही आवश्यक्ता अनुसार भविष्यमा पनि त्यो बारेमा निर्णय हुने व्यहोरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु ।’
उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको समेत बताए ।
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया