फिल्म नचलेपछि आदिपुरुषको टिकट सय रुपैयाँमा झारियो

काठमाडाैं । प्रभास र कृति सेनन स्टारर ‘आदिपुरुष’ १६ जूनमा रिलिज भएको थियो । चलचित्रको टिजर र ट्रेलरदेखि नै यसलाई लिएर दर्शकबाट धेरै नकारात्मक प्रतिक्रिया आइरहेका थिए । फिल्म रिलिज भएपछि पनि यो क्रम जारी छ ।
अग्रिम बुकिङमा चलचित्रले बम्पर ओपनिङ गरे पनि सोमबारदेखि चलचित्रको कमाई लगातार घट्दै गएको छ ।
पहिलो सोमबार नै फिल्मको कलेक्शन ७० देखि ८० प्रतिशतले घटेको थियो । लगातार गिरावट आउन थालेपछि निर्माताले बुधबार ‘आदिपुरुष’को थ्रीडी संस्करणको टिकटको मूल्य १५० रुपैयाँ घटाएकाे थियाे । तर, यसका बाबजुद पनि फिल्मको कमाईमा कुनै उछाल आउन सकेन ।
करिब ३०० रूपैयाँ भारूकाे टिकटको मूल्य १५० बनाए पनि बक्स अफिसमा कुनै वृद्धि नदेखेपछि दर्शकलाई हलसम्म ल्याउन निर्माताले अर्को ठूलो रणनीति बनाएका छन् ।
साेमबार बिहान निर्माताले ‘आदिपुरुष’ को ट्वीटर ह्याण्डल पेजमा फेरि एकपटक ‘ थ्रीडी संस्करणको मूल्य घटाउने जानकारी दिएका छन् ।
ट्विटरमा लेखिएकाे छ, ‘यो अद्भूत कहानी हेर्नुहोस्, आफ्नो टिकट छिटो बुक गर्नुहोस्, जसको मूल्य मात्र ११२ रुपैयाँ हो र आदिपुरुषको विशाल दुनियाँको मजा लिनुहोस्, यो अफर भोलिदेखि सुरु हुन्छ, जय श्री राम ।’
यससँगै अब फिल्मको रि-एडिट र संवाद पनि परिवर्तन गरिएको निर्माण पक्षले बताएको छ ।









हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया