सेयर बजारमा भारी अंकको वृद्धि, कति पुग्याे काराेबार ?
मेरोन्यूज
२०८० असार १२ गते १५:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको वृद्धि भएको छ । आज नेप्शे परिसूचक ५६ दशमलव ९४ अंकले बृद्धि हुँदा २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको हो।
आज कुल ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर मूल्य ५०७ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया