बुधबार, चैत २५, २०८२

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, कति भयो कारोबार ?

मेरोन्यूज २०८० असार २४ गते १५:५०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अंकले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ ।

त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । शिवम् सिमेन्ट दोस्रो स्थानमा हुँदा सोल्टी होटल तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया