बुधबार, चैत २५, २०८२

सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

मेरोन्यूज २०८० असार २५ गते १८:३६

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो ।

सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफ्ना दल नेतासँग छलफल नगरी तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षर रहेको निर्णयमा भनिएको छ, ‘जनताको आवश्यकता र औचित्यविपरीत बजेट आएको छ, उक्त बजेटका विषयगत क्षेत्रहरूमा पनि पूरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभूति भएको छ ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् ।

प्रतिक्रिया