आजको फलफूल तथा तरकारी मूल्य : मालदह आँप १५५ रूपैँया पुग्याे

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (आइतबार) ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकुन्दर, न्यूरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ , टनेल गोलभेडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ४९ रुपैयाँ ६७ पैसा रहेको छ ।
यस्तै, लोकल गाजर, स्थानीय ज्यापु काउली, मकै बोडी, लोकल काक्रो र ब्रोकाउली ८५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो, तने बोडी, घिरौला, झिगूनी, घिउ सिमी, पिंडालू, रातो बन्दा, रुख कटहर, भेडे खुर्सानी र हरियो लसुन प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ ।
यसैगरी, राजमा घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, टाटे सिमी र रायोको साग ९५ रुपैयाँ, हरियो फर्सी, तोरीको साग र जिरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, तामा १२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, कागती १३३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ, किवि ८५० रुपैयाँ, अदुवा २५० रुपैयाँ र आभोकाडो ५५० रुपैयाँ पर्नेछ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया