नेप्से ११ दशमलव १७ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अंकमा कायम भएको हो ।
आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता शेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अंकले बढेको छ । बाँकी अरु समूहको उपसूचक भने घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४८ दशमलव ७६ अंकले घटेको छ । त्यस्तै, वित्त १८ दशमलव ६४, होटल तथा पर्यटन ३७ दशमलव ६५, जलविद्युत् १९ दशमलव ६८, लगानी शून्य दशमलव २६, जीवन बीमा समूह ४८ दशमलव ७६, लघुवित्त २० दशमलव ८३, निर्जीवन बीमा एक दशमलव ८९ र अन्य समूह १५ दशमलव ११ अंकले घटेको छ ।
आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइबीएल समृद्धि फन्ड–२ को शेयर मूल्य नौ दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता शेयर किनबेच भएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया