विस्तारै फैलिँदै डेंगु, सबैभन्दा धेरै धरानमा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो एक महिनायता धरानमा डेंगी संक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा करिब दुई हजार जना संक्रमित भएका छन् ।
जेठ तेस्रो सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जनाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालमा बिरामी थपिँदै गएपछि प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ ।
महाशाखाको तथ्यांकअनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै धरानमा रहेको महाशाखाले जनाएको छ ।
हालसम्म सुनसरीमा सबैभन्दा धेरै एक हजार ५७१, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ ।
यस्तै काठमाडौँमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ ।
डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया