शुक्रबार, चैत २७, २०८२

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघद्वारा आयोजित ‘राष्ट्रिय कार्यशाला गोष्ठी २०८०’ सम्पन्न

मेरोन्यूज २०८० साउन ७ गते १६:३८

काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघद्वारा आयोजित ‘राष्ट्रिय कार्यशाला गोष्ठी २०८०’ सम्पन्न भएको छ । नगरकोटस्थित रत्नागिरी रिसोर्टमा आयोजित गोष्ठी श्रावण ५ र ६ गते सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महासंघको नीति कार्य योजना सम्बन्धि सातै प्रदेश संयोजकले आफ्ना जिल्लाका जिल्ला अध्यक्षसँग सुझाव संकलन गरी नीति तथा तीन वर्षको कार्य योजना पेश गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालबाट समुद्घाटन भएको उक्त गोष्ठीमा विशिष्ट अतिथि महासंघका सल्लाहकार जितु गौतम, निरादेवी जैरु, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य कमला श्रेष्ठ, कानूनी सल्लाहकार डेकेन्द्र सुवेदीको उपस्थिति रहेको थियो ।

यस्तै विशिष्ट सदस्य लोक बहादुर नेपाली, भाइसन बर्देवा, मानार्थ सदस्य भुवन गोसाई बल बहादुर परियार, प्रकाश दर्जी, वरिष्ठ उपाध्यक्ष काली प्रसाद नेपाली, उपाध्यक्ष राम कुमार रणपाल, फिरोज अलि, गणेश बराल, महासचिव ईश्वर नेपाली, सचिव रुपलाल परियार, कोषाध्यक्ष राज कार्की, सह–कोषाध्यक्ष मन्जु कार्की, स्थायी समिति सदस्य संगिता लामिछाने, प्रदेश संयोजक केन्द्रीय सदस्य राष्ट्रिय महिला उद्यमि सीप विकास समिति सदस्य, जिल्ला अध्यक्षको सहभागिता रहेको थियो ।

प्रतिक्रिया