आजकाे फलफूल तथा तरकारी मूल्य : काउली ६६ रुपैयाँ

काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।
यस्तै, सेतो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ ६० पैसा, लोकल गाजर १२ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ८० पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, रातो मूला र लोकल सिमी ३५ रुपैयाँ, लाम्चो भन्टा ४२ रुपैयाँ ५० पैसा, तने बोडी ४३ रुपैयाँ, मकै बोडी र भिण्डी प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, राजमा घिउ सिमी, भटमासकोशा, पिंडालू, हरियो लसुन, गान्टे मूला र रायोको साग ७५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तितो करेला, झिगूनी, स्कूस र तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो २८० रुपैयाँ, न्यूरो ७६ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ रहेको छ ।
यसैगरी, फूजी स्याउ ३७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३९० रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १४५ रुपैयाँ, चोसा आँप १५५ रुपैयाँ, कलकत्ते आँप र हरियो तरबुजा ८५ रुपैयाँ, हरियो अंगुर ४७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, रुख कटहर ४३ रुपैयाँ ३३ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७६ रुपैयाँ र अकबरे खुर्सानी प्रतिकेजी ५५० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ र हरियो धनिया ११० रुपैयाँ तोकिएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया