भन्सारका कर्मचारीहरू राज्यले दिएको तलबभत्ताबाट सन्तुष्ट हुनुपर्छ : अर्थमन्त्री

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीहरू राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्ट हुनुपर्ने बताएका छन् । उनले कर्मचारीहरूलार्ई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाका बाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन्,’ डा. महतले भने, ‘सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको छ ।’
कर्मचारीले उच्च कर्तव्यनिष्ठताका साथ काम गर्नुपर्ने डा. महतको भनाइ छ । मन्त्री डा. महतले भने, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’
मन नलागी काम गरियो भने त्यसबाट परिणाम नआउने डा. महतले बताए । पाएको जिम्मेवारीमा पूर्ण समर्पणका साथ काम गर्यो भने मात्र परिणाम आउने डा. महतको भनाइ छ ।
भैरहवा भन्सारका आवश्यकताबारे सरकार गम्भीर रहेको मन्त्री डा. महतले बताए । ‘आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामाग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गछौँ,’ मन्त्री डा. महतले भने ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया