नेपालको कृषि विकास सन्दर्भमा बहस मण्डपमा छलफल

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वार्ड नं. १० कपन निलोपुल स्थित बहस मण्डपले हरेक महिनाको पहिलो शुक्रबार देशका विभिन्न समसामयिक विषयमा छलफल गर्ने भएको छ । मण्डपले छलफलबाट निस्केको निष्कर्षका आधारमा सम्वन्धित पक्षलाई काम गर्न समेत झक्झकाउनेछ ।
मण्डपले त्यस्तै बहसको कार्यक्रम साउन ५ गते शुक्रवार पनि आयोजना गरेको थियो । नेपालको कृषि विकासको विषयमा उक्त दिन छलफल चलाएको थियो । यस छलफल कार्यक्रमको सहजिकरण कृषि विज्ञ (कृषि मन्त्रालयका पूर्व सहसचिव) किशोर कायस्थले गरेका थिए ।
छलफलमा नेपालको कृषि क्षेत्रको विकासमा देखा परेका अनेकन वाधा व्यवधानका विषयमा केन्द्रीत रहेर छलफल भएको सहभागीहरुले बताएका छन् ।
नेपालमा कृषि क्षेत्रले भोगेका मूल समस्यामाः परम्परागत निर्बाहमुखि कृषि, मल, बिउ, यन्त्र, उपकरण, सिंचाइ आदिका समस्या, बजारका समस्या र छिमेकी मुलुकसँगको प्रतिस्पर्धा, अध्ययन अनुसन्धानको कमी, युवा मानव स्रोतको कृषिमा अनाकर्षण, भूक्षय र ग्लोबल वार्मिङको प्रभाव जस्ता कारण औँल्याइएको सहभागीहरुले बताए ।
छलफलले यी समस्या समाधानका लागि निम्नअनुसारका सरल र सहज प्रव्रिmया अप्नाउनु पर्ने निष्कर्ष निकालेको थियो –
१) सहकारी र सामुहिक खेति प्रणाली अप्नाउने
किसानहरू स्वयंले सहकारी र सामुहिक खेतिको मोडेल तय गरेर त्यहीअनुसार खेति र पशुपालन गर्ने । सहकारी र सामुहिक खेति प्रणालीबाट किसानलाई निम्नअनुसार आलिदेखि थालिसम्म र गोठदेखि ओठसम्मको सहयोग पुग्छः
– व्यावसायिक कृषि कर्म गर्न सहज हुने ।
– किसानहरू सङ्गठित हुने भएकाले मल, बिउ, सिचाइ, प्रविधि आदिका समस्या हल गर्न सहज हुने ।
– सरकार र सहयोगी निकायबाट सहयोग लिन र लगानी जुटाउन सहज हुने ।
– हावा पानी र माटो सुहाउँदा बढी फाइदा लिन र प्रतिस्पर्धा गर्न सकिने बाली र पशुपक्षी रोजेर कृषि कर्म गर्न सहज हुने ।
– यन्त्र उपकरणको प्रयोग र ठुलो स्केलमा खेति र पशुपक्षी पालन गर्न सकिने भएकाले लागत घट्न सक्ने ।
– बजारको मागअनुसारको परिमाणमा कृषि उपजको उत्पादन गर्न सकिने ।
– कृषि उपजको बजारिकरणका लागि आफैले बजार खोज्न र वस्तु ढुवानी गर्न सकिने भएकाले बिचौलिया आवश्यक नपर्ने ।
– कृषि अनुसन्धान र खोजका सामान्य काम सहकारी मार्फत पनि गर्न सकिने ।
२) पानी र माटो संरक्षण संरक्षण गर्ने
कृषि विकासका लागि लाखौँ आहाल, हजारौ पोखरी र सयौँ ड्याममा वर्षाको पानी संरक्षण गरेर सिचाइमा उपयोग गर्ने र माटो संरक्षणका लागि गरा विकास र वृक्षारोपण लगायतका उपाय अप्नाउने । यी कुराबाट किसानलाई निम्न कुराको फाइदा हुन्छः
– हिउँदे बाली लगाउन सकिने ।
– समयमा बाली लगाउन र सिचाइ गर्न सकिने भएकाले उत्पादन बढ्ने ।
– पानी उपलव्ध हुँदा पशुपालनमा पनि सहयोग पुग्ने ।
– माटो संरक्षणबाट भूमिको उर्वरा कायम रहने ।
३) प्राङ्गारिक खेति प्रणाली अप्नाउँदै जाने
पशुपालन र खेतिबालीलाई एकैसाथ सञ्चालन गर्ने । पशुपालनका लागि घाँस खेतिलाई पनि अगाडि बढाउने । ग्रिन म्यानुअरको अधिकतम उपयोग गर्ने । यसबाट किसानलाई निम्न कुराको फाइदा हुन्छः
– महगो रासायनिक मलको न्युन उपयोग हुने ।
– माटोको गुणस्तर नबिग्रने ।
– सुरुमा उत्पादनमा केही कमी आए पनि उत्पादित वस्तुले बढी मूल्य पाउने भएकाले घाटा हुने चिन्ता नहुने ।
४) युवा वर्गलाई सिमित अवधिको वैदेशिक रोजगार
युवा वर्गलाई बाह्र कक्षा पास गरेपछि वा बिस वर्ष उमेर भएपछि उपयुक्त सिप तालिम गराएर अध्ययनकै एउटा भागका रूपमा वैदेशिक रोजगारमा पठाउने । तीस वर्ष उमेर भइसकेका युवालाई श्रम स्विकृति दिन कडाइ गर्ने ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया