शुक्रबार, चैत २७, २०८२

नेपालको कृषि विकास सन्दर्भमा बहस मण्डपमा छलफल

मेरोन्यूज २०८० साउन ९ गते १३:४७

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वार्ड नं. १० कपन निलोपुल स्थित बहस मण्डपले हरेक महिनाको पहिलो शुक्रबार देशका विभिन्न समसामयिक विषयमा छलफल गर्ने भएको छ । मण्डपले छलफलबाट निस्केको निष्कर्षका आधारमा सम्वन्धित पक्षलाई काम गर्न समेत झक्झकाउनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

मण्डपले त्यस्तै बहसको कार्यक्रम साउन ५ गते शुक्रवार पनि आयोजना गरेको थियो । नेपालको कृषि विकासको विषयमा उक्त दिन छलफल चलाएको थियो । यस छलफल कार्यक्रमको सहजिकरण कृषि विज्ञ (कृषि मन्त्रालयका पूर्व सहसचिव) किशोर कायस्थले गरेका थिए ।

छलफलमा नेपालको कृषि क्षेत्रको विकासमा देखा परेका अनेकन वाधा व्यवधानका विषयमा केन्द्रीत रहेर छलफल भएको सहभागीहरुले बताएका छन् ।

नेपालमा कृषि क्षेत्रले भोगेका मूल समस्यामाः परम्परागत निर्बाहमुखि कृषि, मल, बिउ, यन्त्र, उपकरण, सिंचाइ आदिका समस्या, बजारका समस्या र छिमेकी मुलुकसँगको प्रतिस्पर्धा, अध्ययन अनुसन्धानको कमी, युवा मानव स्रोतको कृषिमा अनाकर्षण, भूक्षय र ग्लोबल वार्मिङको प्रभाव जस्ता कारण औँल्याइएको सहभागीहरुले बताए ।

छलफलले यी समस्या समाधानका लागि निम्नअनुसारका सरल र सहज प्रव्रिmया अप्नाउनु पर्ने निष्कर्ष निकालेको थियो –
१) सहकारी र सामुहिक खेति प्रणाली अप्नाउने
किसानहरू स्वयंले सहकारी र सामुहिक खेतिको मोडेल तय गरेर त्यहीअनुसार खेति र पशुपालन गर्ने । सहकारी र सामुहिक खेति प्रणालीबाट किसानलाई निम्नअनुसार आलिदेखि थालिसम्म र गोठदेखि ओठसम्मको सहयोग पुग्छः
– व्यावसायिक कृषि कर्म गर्न सहज हुने ।
– किसानहरू सङ्गठित हुने भएकाले मल, बिउ, सिचाइ, प्रविधि आदिका समस्या हल गर्न सहज हुने ।
– सरकार र सहयोगी निकायबाट सहयोग लिन र लगानी जुटाउन सहज हुने ।
– हावा पानी र माटो सुहाउँदा बढी फाइदा लिन र प्रतिस्पर्धा गर्न सकिने बाली र पशुपक्षी रोजेर कृषि कर्म गर्न सहज हुने ।
– यन्त्र उपकरणको प्रयोग र ठुलो स्केलमा खेति र पशुपक्षी पालन गर्न सकिने भएकाले लागत घट्न सक्ने ।
– बजारको मागअनुसारको परिमाणमा कृषि उपजको उत्पादन गर्न सकिने ।
– कृषि उपजको बजारिकरणका लागि आफैले बजार खोज्न र वस्तु ढुवानी गर्न सकिने भएकाले बिचौलिया आवश्यक नपर्ने ।
– कृषि अनुसन्धान र खोजका सामान्य काम सहकारी मार्फत पनि गर्न सकिने ।
२) पानी र माटो संरक्षण संरक्षण गर्ने
कृषि विकासका लागि लाखौँ आहाल, हजारौ पोखरी र सयौँ ड्याममा वर्षाको पानी संरक्षण गरेर सिचाइमा उपयोग गर्ने र माटो संरक्षणका लागि गरा विकास र वृक्षारोपण लगायतका उपाय अप्नाउने । यी कुराबाट किसानलाई निम्न कुराको फाइदा हुन्छः
– हिउँदे बाली लगाउन सकिने ।
– समयमा बाली लगाउन र सिचाइ गर्न सकिने भएकाले उत्पादन बढ्ने ।
– पानी उपलव्ध हुँदा पशुपालनमा पनि सहयोग पुग्ने ।
– माटो संरक्षणबाट भूमिको उर्वरा कायम रहने ।
३) प्राङ्गारिक खेति प्रणाली अप्नाउँदै जाने
पशुपालन र खेतिबालीलाई एकैसाथ सञ्चालन गर्ने । पशुपालनका लागि घाँस खेतिलाई पनि अगाडि बढाउने । ग्रिन म्यानुअरको अधिकतम उपयोग गर्ने । यसबाट किसानलाई निम्न कुराको फाइदा हुन्छः
– महगो रासायनिक मलको न्युन उपयोग हुने ।
– माटोको गुणस्तर नबिग्रने ।
– सुरुमा उत्पादनमा केही कमी आए पनि उत्पादित वस्तुले बढी मूल्य पाउने भएकाले घाटा हुने चिन्ता नहुने ।
४) युवा वर्गलाई सिमित अवधिको वैदेशिक रोजगार
युवा वर्गलाई बाह्र कक्षा पास गरेपछि वा बिस वर्ष उमेर भएपछि उपयुक्त सिप तालिम गराएर अध्ययनकै एउटा भागका रूपमा वैदेशिक रोजगारमा पठाउने । तीस वर्ष उमेर भइसकेका युवालाई श्रम स्विकृति दिन कडाइ गर्ने ।

प्रतिक्रिया