सहमति नभएपछि एमालेले आज पनि सदनको अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा जारी अवरोध कायम राख्ने भएको छ । संसद् सञ्चालनका सन्दर्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको ‘सहमतिको प्रयास’ असफल भएपछि एमालेले सदनको अवरोध कायम राख्ने भएको हो ।
१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि सहमति जुट्न नसकेको हो । आजको बैठकमा एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्यायो।
मंगलबार १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको निर्धारित समयभन्दा १ घण्टाभन्दा ढिलोसम्म पनि सुरु हुन सकेको छैन।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सदन सञ्चालन गर्ने सम्बन्धमा सरकार पक्ष नै सकारात्मक नदेखिएको बताए।
मंगलबार दिउँसो बसेको बसेको कार्यव्यवस्था समितिको बैठकमा बैठक सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। सत्तारुढ दलका सचेतकले सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने जानकारी गराएका थिए। एमालेका सांसद्हरुले भने गृहमन्त्रीले जवाफ दिने नभइ उच्चस्तरीय समिति गठनको प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने अडान राखे।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानका कारण प्रतिनिधि सभाको साउन १० गतेको बैठक स्थगित भएको थियो। समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेको थियो।
एमालेकै अडानका कारण सोमबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो। मंगलबार पनि बैठक बस्ने, नबस्ने टुंगो छैन।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया