प्रतिनिधि सभा बैठक २२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार सूचना टाँसेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँसेर साउन २२ गते सोमबारसम्म स्थगित गरिएको हो ।
क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिन छ । सत्तापक्ष राजस्वबाट यसको अनुसन्धान भइरहेको भन्दै समिति बनाउन हतार गर्न नहुने पक्षमा छ ।
संसद्को जारी गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, उनले आजै कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गरे पनि समस्याको निकास निस्कन सकेन ।
बैठकसाउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया