संविधानिक परिषद् बैठक
ओलीले एकमुष्ट गर्नुपर्छ भनेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस
ओलीको प्रश्नले प्रधानमन्त्री अक्क न बक्क

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नुपर्ने रिक्त पदहरूको एकमुष्ट सिफारिस गर्नुपर्ने अड्डी कसेपछि संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष टुंगिएको छ ।
ओलीले परिषद्ले गर्नुपर्ने निर्णयसँगै संसदीय समितिका सभापतिहरूको टुंगो पनि लगाइनु पर्ने अडान बैठकमा लिएपछि प्रधानन्यायाधीश सिफारिसका लागि बसेको परिषद् बैठकले कुनै निर्णय लिन नसकेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक घण्टा ३५ मिनेट चलेको परिषद् बैठकमा परिषद्को सचिवालयले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची मात्रै ल्याएको थियो । तर, ओलीले अरु कार्यसूची खोई, सबै एकमुष्ट निर्णष् गर्नुपर्छ भनेर सुरुवात गरेका थिए ।
जवाफमा परिषद्को अध्यक्षता गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीशको सिफारिस तत्काल गर्नु पर्ने भएकाले यही मात्रै एजेण्डा बनाएको बताएका थिए । त्यसपछि ओलीले महालेखा परीक्षक रिक्त भएको झन दुई महिना बढी भइसकेको जवाफ दिएका थिए । ओलीको यो भनाइपछि प्रधानमन्त्री दाहाल अक्क न बक्क भएका थिए । ‘ओलीले महालेखा परीक्षकको सिफारिसको एजेण्डा खोइ भनेपछि प्रधानमन्त्रीले जवाफ दिन सक्नु भएन,’ बैठकमा सहभागी एक सदस्यले भने ।
सँगै ओलीले संसदीय समितिका सभापतिहरूको विषयमा पनि यसअघि भएको सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए ।
बैठकमा सहभागी उपसभामुख ईन्दिरा रानाले सहमति नभएकाले कुनै पनि निर्णय नगरी साउन १८ गते बस्नेगरी आजको बैठक सकिएको जानकारी दिइन् ।
‘प्रधानन्यायाधीश सिफारिसको मात्रै प्रस्ताव आएको थियो। तर, बैठकमा विपक्षी दलका नेतालगायत अरू सदस्यहरूले संसदीय समिति र परिषद्ले सिफारिस गर्नुपर्ने तथा रिक्त रहेको महालेखा परीक्षक पनि एकैसाथ सिफारिस गर्नुपर्ने बताएपछि आज कुनै निर्णय भएन,’ उपसभामुख रानाले भनिन् ।
महालेखा परीक्षक टंकमणि शर्माको पदावधि जेठ ७ गते सकिएको थियो । त्यसपछि सो पद रिक्त छ । तर, परिषद्ले नयाँ महालेखा परीक्षक सिफारिस गरेको छैन । संविधानतः महालेखापरीक्षक रिक्त हुनुभन्दा एक महिना अगावै सिफारिस गर्नुपर्छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले असार २० गते नै नयाँ प्रधानन्यायाधीश सिफारिस भइसक्नु पर्नेमा अहिलेसम्म सिफारिस भएको छैन ।
प्रधानन्यायाधीस्शमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठ रोलक्रममा पहिलो नम्बरमा छन्।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया