शुक्रबार, फागुन ८, २०८२

सरकारद्वारा संघीय शिक्षा ऐन संसद्‍मा पेश गर्न स्वीकृति प्रदान

लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने

मेरोन्यूज २०८० साउन १६ गते १९:४६

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसद्‍मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन संसद्‍मा पेश गर्न स्वीकृति प्रदान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै मन्त्रिपरिषद् बैठकले दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर करिब (२० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने र मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने, कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने निर्णय पनि बैठकले गरेको छ । ।

प्रतिक्रिया