२४ जना महिला थपेर ४०९ जनाको केन्द्रीय समिति बनाउन माओवादीमा विद्यान संशोधन प्रस्ताव

काठमाडौं । नकेपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय समिति ४०९ संख्याको बनाउने धिान संसोधन प्रस्ताव पेश भएको छ । राज्यका कानुनमा उल्लेख ३३ प्रतिशत महिला र पार्टी विधानमा उल्लेख गरेको ३५ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने बाध्यताका कारण पनि केन्द्रीय समिति विस्तार गर्नुपरेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
विधान संसोधन प्रस्ताव महासचिव देव गुरुङले राखेका थिए । त्यसलाई सर्वसम्मत पारित गर्न आग्रह गदै प्रचण्डले त्यसको बाध्यताका बारेमा थप बताएका हुन् ।
उनले पार्टीभित्र नेताहरुको मूल्याकन प्रणाली नभएकोले पनि पार्टी संगठन भीडमा परिणत हुन थालेको बताएका थिए । उनले अव २४ जना मिहलालाई थप गरेर केन्द्रीय समिति विस्तार हुने बताएका थिए । त्यसरी महिला केन्द्रीय सदस्य थप गर्दा बैकल्पिक केन्द्रीय सदस्यहरुलाई प्राथमिकतामा राखेर विस्तार गर्न लागिएको बताएका हुन् ।
उनले विधान सम्मेलन र विशेष महाधिवेशनसम्म यो संगठनको बाध्यता बुझिदिन आग्रह गरेका थिए ।
त्यसपछि उनले निर्ममतापूवर्क पार्टीको संगठन पूर्नगठन गरेर ४०९ लाई ९९ मा झार्ने पनि बताए ।
‘४०९ लाई ९९ मा ल्याउनु पर्दा हाम्रो गति के होला ? त्यो नगरी सुखै छैन, नत्र भीड मात्र हुन्छ,’ प्रचण्डले भने ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया