सरकारले दिनको क्विन्टल सुन तस्करी गराउँछ : केपी शर्मा ओली
सरकार आफू मुछिएकाले उच्चस्तरीय छानबिन समिति बनाउन मानेन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले नै सुन तस्करी गराएको आरोप लगाएका हुन् ।
आफैले तस्करी गराएकाले सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने ओलीको भनाइ छ ।
‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले’, ओलीले भने, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’
ओलीले सरकार आफू मुछिएकाले उच्चस्तरीय छानबिन समिति बनाउन नमानेको आरोप लगाए । ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु,’ ओलीले भने ।
सरकारले सुन तस्करीबारे संसद्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने वातावरण निर्माण गरौँ भन्दासमेत नमानेको बताए ।
विमानस्थलबाट एक सय किलो सुन भित्रिदा सबैले देखे पनि सरकारले नदेखेको बताए ।
यत्रो सुन तस्करीको विषय आउँदा सत्तारुढ दल नेपाली कांग्रेस नबोल्नुले आशंका उब्जाएको बताए । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’
एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी गर्दै ओलीले भने, ‘दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुँदा पनि देश तहसनहस हुन दिएका थिएनौँ । हामी हुँदा ३, ४ लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन्’, ओलीले भने, ‘यति धेरै मान्छे विदेश गए पनि १० खर्व रेमिट्यान्स पनि आउँदैन ।’

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया