मन्त्री नबनाएपछि नाउपा उपाध्यक्ष लक्ष्मणकिशोरले छोडे पार्टीको जिम्मेवारी !

काठमाडौँ । सुदूरपश्चिम सरकारमा सहभागी भएपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा विवाद चरमोत्कर्षमा पुगेको छ । नाउपाका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका छन् ।
तर, मन्त्रीमा नपरेका पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सांसद लक्ष्मणकिशोर चौधरीले पार्टी जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् । केन्द्रीय उपाध्यक्ष हुँदाहुँदै आफूलाई पार्टीले अन्याय गरेको चौधरीले बताएका छन् । उनले अब आफू पार्टीको जिम्मेवारीमा नबस्नेसमेत जानकारी दिए ।
‘केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हुँदा हुँदै पार्टी अन्याय गर्यो । चाँडै पत्रकार सम्मेलन गरेर अब त्यो जिम्मेवारीबाट म मुक्त हुन्छु’ चौधरीले भने ।
बिहीबार बिहान टीकापुरमा बसेको बैठकले यसअघि नै टुङ्ग्याइसकेको मन्त्रीहरूको नामलाई सदर गरेको थियो । संरक्षक रेशम चौधरी, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डित, प्रतिनिधिसभा सदस्य गंगा चौधरीसमेत सहभागी बैठकमा सांसद लक्ष्मणकिशोर चौधरीले विधि र पद्धतिअनुसार मन्त्रीको नाम छनोट नभएको भन्दै विरोध असहमति जनाएर बाहिरिएका थिए ।
‘मलाई हस्ताक्षर गर्न भन्नुभयो । मेरो सहमति छैन भनेर म हस्ताक्षर नगरी बाहिर निस्किएँ’, उनले भने ।
आफूलाई मुख्यमन्त्रीको आश्वासन पनि दिएको तर, मुख्यमन्त्री हुने बेलामा आफूलाई संसदीय दलको नेतासमेत नबनाएको भन्दै बैठकमै लक्ष्मणकिशोरले पार्टी नेताहरुको आलोचना गरेका थिए ।
वैशाख २८ भन्दा पहिले रामेश्वर चौधरी संसदीय दलका नेता थिए भने लक्ष्मणकिशोर प्रमुख सचेतक थिए । उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमतिपछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरी नियुक्त भए ।
तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।
लक्ष्मणले सामाजिक सञ्जाल फेसबुकमा ‘यार गद्दार निकला१ राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौं’, भनेर लेखेका छन् ।

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया