पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

काभ्रे । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनुपर्छ ।
पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए । “यस क्षेत्रका बासिन्दाको मागअनुसार तीनवटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ ।” उनले भने, “ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्तरुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो ।”
बैठकले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमोबुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्तरुपमा पहल गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै फोहरमैलालाई दिगोरुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि ‘एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र’को स्थापना गर्नका लागि तीन नै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णयसमेत गरेको छ । नमोबुद्ध–४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालबाट सो क्षेत्रका बासिन्दा लाभान्वित हुने गरेकाले उक्त अस्पतालमा सेवा सुविधा थप व्यवस्थापन गर्न आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नुका साथै प्रदेश सरकार र सङ्घीय सरकारसँग संयुक्तरुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै एक नगरपालिका र दुई गाउँपालिकाभित्रका विभिन्न स्थानमा हुनसक्ने प्राकृतिकजन्य तथा स्वास्थ्यजन्य विपद् र अन्य प्रकोपको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणका लागि संयुक्तरुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाको व्यवस्थापन, न्यूनीकरण, रोकथाम तथा उद्धारलगायतका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेसिनरी औजार र सवारीसाधनको आपसी समझदारी गरी आवश्यकरुपमा परिचालन तथा सहयोग गर्ने निर्णय गरेको छ ।

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया