त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकले गायब पारे विद्युतीय हाजिरी मेसिन !

काठमाडौँ । दैनिक पढाउन आउनु पर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको आरोप लागेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा प्रा.डा. बास्कोटाले विद्युतीय मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरी बुझ्न नमानेको बताए ।
उपकुलपति प्रा.डा.बास्कोटाले भने, ‘हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन छ । आएर हाजिर गर्यो, तलब बुझ्ने चलन छ । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडे । पुलिसलाई ल कारबाही गर भन्दा पुलिसले निवेदन नलिने ।’
उपकुलपति प्रा.डा. बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘यो माननीयहरूले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत् सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरुको माइन्युट लुटेर लगेकै हो । लुटेर लगेको डकुमेन्ट किन बुझ्नुभयो । अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ । अब हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ । यी समस्याहरू छन् थुप्रै । हामीहरूकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन । यो तीन वटा मात्रै हो । तर विद्यार्थीको २२ वटा दर्ता भएका छन् । जति राजनीतिक दल, त्यतिनै छन् । कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन । तर ब्यानर लिएर आउँछन् । हाम्रो भाग चाहियो भनेर ।’
विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने प्रा.डा. बास्कोटाले बताए ।
उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरूलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया