शुक्रबार, फागुन ८, २०८२

काठमाण्डौको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु

आमा सञ्जुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ

मेरोन्यूज २०८० साउन २१ गते ८:०३

काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका–५ को चो गाउँमा गएको पहिरोमा परेर दुई जनाको मत्यु भएको छ । गएराति परको पानीपछिको पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मत्यु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तारकेश्वर गाउपालिकाका वडा अध्यक्ष परशुराम अर्यालका अनुसार पहिरोले बाबुछोरीको ज्यान गएको हो । घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएका छन् । सञ्जु तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।

पहिरोले घर पुरिँदा बाबुको घटनास्थलमै र छोरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमै मृत्यु भएको हो।

छोरा भने घटनाका बेला घरबाहिर रहेकोले जोगिएका छन् । शनिबार राती ९ बजेतिर घटना भएको हो । भिरालो ठाँउमा घर रहेको र माथीबाट खसेको पहिरोले घर पुरिएको हो ।

प्रतिक्रिया