रवि लामिछानेले विरोधीसँग सोधे- मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफना विरोधीहरुलाइृ अब मान्छेको पछि लाग्न छोडेर गाडीको पछि लागेको भनी आक्रोश पोखेका छन् । लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा र ब्लु बसका बारेमा उठेका टिप्पणीहरुमा जवाफ दिादै त्यस्तो भनेका हुन् ।
उनले सामाजिक सन्जालमार्फत मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने बताएका छन् ।
‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ लामिछानेले लेखेका छन् ।
६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।
ब्लु बसमा पनि कुनै समस्या नभएको लामिछानेको भनाइ छ ।
‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि रु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र … हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ उनले भनेका छन् ।

















अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
मुख्य याममा सौराहामा घटे पर्यटक
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया