माओवादी पदाधिकारी कसलाई कुन जिम्मा ?
अग्नि सापकोटालाई प्रचार, पम्फा भुसाललाई जनवर्गीय संगठन तथा वर्षमान र जनार्दन लाई गैरप्रदेश हेर्ने जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुग्गो लगाएको छ । आव सकिने केन्द्रीय समिति बैठक अगाडी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन टुंग्गो लगाएको हो ।
पदाधिकारी बैठकमा टुंग्गो लागेको कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् ।
अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।
उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको ती नेताले बताए ।

















अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
मुख्य याममा सौराहामा घटे पर्यटक
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया