‘र्याट’ सञ्चालन स्थानीय सरोकारवाला निकायसँग समन्वय र अनुमतिमा मात्र गर्नू : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पंतीलाई नागरिकका समस्या समाधान र सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम (आरएटी) हटाउन चितवनका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललले निर्देशन जारी गरेका हुन् ।
रास्वपाले हिजोदेखि ५० जनाको टोली सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो ।
रास्वपा महामन्त्री तथा प्रवक्ता ढकालले सूचना जारी गर्दै जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले टीम बनाएको प्रष्टिकरणसमेत दिएका छन् ।
‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्याट’ जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ । अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार र्याट, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ,’ प्रवक्ता ढकालले सूचनामा उल्लेख गरेका छन् ।


















अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
मुख्य याममा सौराहामा घटे पर्यटक
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया