आइतबार, चैत २९, २०८२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा प्रतिशत छुट

मेरोन्यूज २०८० साउन ३० गते १३:२१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरुबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ। यो योजनामा एकपटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु ५०० सम्म छुट पाइनेछ। यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरुमा लागू हुनेछ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।

प्रतिक्रिया