आइतबार, चैत २९, २०८२

२१.९९ अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

मेरोन्यूज २०८० भदौ ३ गते १५:४७

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २१.९९ अंकले घटेको छ । साताको पहिलो दिन नेप्से १.८ प्रतिशतले घटेर २०११.१४ बिन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

१ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाएपछि लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पुनः घटेको छ ।

नेप्सेमा आइतबार सबै उपसूचकमा गिरावट आएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट आएको छ । होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशत, बैंकिङ उपसूचक ०.२८ प्रतिशत घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच भयो ।

घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भयो । जसमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये फर्वाड लघुवित्तको सेयरमूलय ४.५७ प्रतिशतले वृद्धि हुँदा आरएसडीसी लघुवित्तको सेयरमूल्य ४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाइमूल्य ३.९७ प्रतिशतले गिरावट भएको छ ।

यता १०.३५ प्रतिशतको कृषि विकास बैंक ऋणपत्र २०८३ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा अपर स्याङ्‍गे हाइड्रोपावरको इकाइमूल्य ९.०२ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया