सोमबार, चैत ३०, २०८२

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

मेरोन्यूज २०८० भदौ ५ गते १५:५७


काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्से मंगलबार १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा उक्लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ। एक सय ८१ कम्पनीको शेयर मूल्य बढ्यो भने ४२ कम्पनीको घट्यो ।

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखियो । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अंकले बढे । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अंकले बढेको छ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अंकले बढेको छ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ।

प्रतिक्रिया