आइतबार, चैत २९, २०८२

नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम पनि बढ्यो

मेरोन्यूज २०८० भदौ ६ गते १५:२४


काठमाडौँ । नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि दाहोरो अंकले बढेको नेप्सेले बुधबार पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज नेप्से परिसूचक २९.४७ अंक बढेर २०४५.४५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.३० फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७३ स्टकको ४४ हजार ३४० पटकको कारोबारमा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा करोबार भएको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन सिटिजन्स सुपर ३० म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक ७.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डष्ट्री शीर्ष स्थानमा रह्यो । सो कम्पनीको आज साढे ७ करोडको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोल्टी होटलको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।

१३ वटै उपसमूहको परिसूचक बढेको बजारमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ अंक बढेको छ। त्यसैगरी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया