पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध
मेरोन्यूज
२०८० भदौ ७ गते ९:३२

काठमाडौं। पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण पहिरो खसेर नारायणघाट–मुग्लिन सडक अवरुद्ध हुने गरेको छ ।
उक्त सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै बिहीबार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर साहले पहिरो सडकमा थुपरिएको बताए । अहिले पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ । पहिरो गएपछि सवारीसाधन बीचमै रोकिएका छन् ।
गएको मंगलबार पनि सोही पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया