फेरि ३१.५२ अंक घटेर २०१३.९३ विन्दुमा झर्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार बढेको नेप्से बिहीबार घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ३१.५२ अंक घटेर २०१३.९३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.७२, फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।
नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। बुधबार १ अर्ब ५१ करोडको शेयर कारोबार भएको बजारमा आज २७५ स्टकको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से घटे पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मोलुङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। त्यस्तै, समता घरेलु लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको यस दिन ७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया