बिहीबार, वैशाख २४, २०८३

वागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

मेरोन्यूज २०८० भदौ ८ गते १९:४४

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौं, भत्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै चुनावमा उठ्ने प्यानलको घोषणा गरेका हुन्।

आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भत्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।

यसअघि भएको काठमाडौ जिल्लाको सदस्यमा आएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो।

क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।

बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्।

चार जिल्ला पारसको समर्थनमा छन्।

बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भएपनि सकारात्मक प्रतिकृया नआएपछि चार जिल्लाको समर्थनमा घोषाणाा गरेको पारस खड्काले बताए।

‘अहिले चुनावका लागि चाहिने १९ मध्ये २२, २३ बहुमत भोट रहेकाले चुनाव जित्नेमा ढुक्क छु,’ खड्काले भने, ‘मैले सन्यास खेलाडीको रुपमा लिएको थिए। मैले त्यतिबेला नै भनेको थिए म कुनै भुमिकामा आउनेछु।’

बागमती प्रदेशको वर्तमान १३ सदस्य कार्यसमितिसँग पनि मतअधिकार हुनेछ। जिल्लाबाट आउने कुल २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरी कुल ३७ भोट हुनेछ।

प्रतिक्रिया