सोमबार, चैत ३०, २०८२

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

मेरोन्यूज २०८० भदौ १३ गते ६:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ।

प्रतिक्रिया