सोमबार, चैत ३०, २०८२

आज पनि बढ्यो सुनको भाउ, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० भदौ १३ गते ११:५५

काठमाडौं । आज बुधबार पनि सुन चाँदीको भाउ बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया